You are viewing the translated version of मुद्दा दायर गर्ने.

Section 48
मुद्दा दायर गर्ने
(१) सम्बद्ध कसूर र सम्पत्ति शुद्धीकरण कसूर दुवैको अनुसन्धान पूरा गरी नियम ३९ को उपनियम (६) बमोजिम अनुसन्धान _ प्रतिवेदन प्राप्त हुन आएमा सम्बन्धित सरकारी वकिलले(मुद्दा चल्ने वा नचल्ने निर्णय गरी मुद्दा चल्ने निर्णय भएकोमा दुवै कसूरमा सजायको मागदाबी गरी एकै अभियोगपत्रबाट सम्बद्ध कसूरसँग सम्बन्धित प्रचलित ऐन कानून तथा ऐनको दफा २२ बमोजिम मुद्दा दायर गर्नु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बद्ध कसूर र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर दुवैको एकैसाथ अनुसन्धान पूरा नभई नियम ३९ को उपनियम

(७). बमोजिम अनुसन्धान प्रतिवेदन प्राप्त हुन आएमा सरकारी वकिलले अभियोगपत्रमा सम्बद्ध कसूरमा मुद्दा दायर गर्दा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान पूरा भएपछि छुट्टै मुद्दा दायर गरिने व्यहोरा जनाई सम्बद्ध कसूरमा मात्र मुद्दा दायर गर्न सक्नेछ।

(३) सम्बद्ध कसूर सहितको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अभियोगपत्र तयारी र दर्ता सम्बद्ध कसूरको अभियोग दर्ता गर्ने सम्बन्धित सरकारी वकिलले गर्नेछ।

(४) सम्बद्ध कसूर र सम्पत्ति; शुद्धीकरण सम्बन्धी कसूर वा दफा २८ बमोजिमको जफतको मांगदाबी यथासम्भव एकै पटक गर्नु पर्नेछ।

(५) प्रचलित कानूनमा; सम्बद्ध कसूर र सम्पत्ति शुद्दीकरण कसूरमा मुद्दा दायर गर्नेनिकाय फरक फरक भएको अवस्थामा अलग अलग अभियोगपत्र तयार गरी सम्बद्ध कसूरमा सम्बन्धित निकायले र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा सम्बन्धित सरकारी वकिलले मुद्दा दायर गर्नेछ।